एरिक्सनलाई हृदयघात भएको हो : डा. बोसेन एजेन्सी। गएराती फिनल्याण्डविरुद्धको खेलमा मैदानमै लडेका डेनमार्कका क्रिष्टियन एरिक्सनलाई हृदयघात भएको उनको उपचारमा संलग्न डेनमार्क टोलीका डाक्टर मोर्टेन बोसेनले बताएका छन्। ‘उनी लगभग गइसकेका थिए। मलाई थाहा छैन हामी कती नजिक थियौं’, बोसेनले पत्रकार सम्मेलनमा भने। २९ वर्षीय इन्टर एरिक्सन मैदानमै लडेपछि मैदानमै आपतकालिन उपचारपछि अस्पताल लगिएको थियो। थप स्वास्थ्य परीक्षणका लागि एरिक्सन अस्पतालमै रहेको टोलीका पदाधिकारीहरुले जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्