युरोकपमा स्वीडेन र स्पेन भिड्दै एजेन्सी।युरोकप फुटबलअन्तर्गत आज स्वीडेन र स्पेन भिड्दै छन्।समूह 'इ'मा रहेको स्वीडेन र स्पेनबीचको खेल सेभियास्थित स्ताडियो ला कार्टुजा डे रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजेदेखि सुरु हुनेछ। यी दुई टोली हालसम्म १४ पटक आमनेसामने भएका छन्।जसमा स्पेनले ६ र स्वीडेनले तीन खेल जितेको छ। पाँच खेल बराबरीमा सकिएको छन्। समूह 'इ' मा स्पेन र स्विडेनसँगै स्लोभाकिया र पोल्याण्ड रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्