क्रिकेटको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्ट डिजाइनले एक लाख पाउने काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमबार विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला भएको जनाएको छ। डिजाइन गर्नेले अगाडी र पछाडीको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने उल्लेख छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्