चेक रिपब्लिकद्वारा स्कटल्यान्ड २–० ले पराजित
एजेन्सी। युरोकप फुटबलअन्र्तगत सोमबार बेलुकी सम्पन्न खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको छ। स्कटल्यान्डको ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा चेक रिपब्लिकको जितमा दुवै गोल प्याट्रिक सिकले गरे। उनले खेलको ४२औं र ५२औं मिनेटमा गोल गरेका हुन्। सिकले पहिलो गोल भ्ल्यादिमिर कोफलले उपलब्ध गराएको पासमा हेडमार्फत तथा दोस्रो टोमस सोसेकको पासमा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्