कोपा अमेरिका कपः पाराग्वेद्वारा बोलिभिया पराजित एजेन्सी।कोपा अमेरिका कपमा पाराग्वेले बोलिभियालाई ३–१ ले हराएको छ।बोलिभियाले खेलको दशौं मिनेटमा इरभिन सावेद्राको पेनाल्टी गोलमार्फत अग्रता लिए पनि जोगाउन सकेन।पाराग्वेका लागि ६२औं मिनेटमा अलेजान्द्रो रोमेरोले बराबरी गोल गरे भने ६५ र ८०औं मिनेटपछि एञ्जेल रोमेरोले गोल गरेपछि पाराग्वेले प्रभावशाली जित निकाल्यो।यो जितसँगै पाराग्वे समूहकाे शीर्ष स्थानमा छ भने १–१ अंक जोडेका अर्जेन्टिना र चिली दोस्रो र तेस्रो स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्