आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्ड क्रिकेट टोलिको घोषणा एजेन्सी। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्यीय टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले घोषणा गरेको टोलिमा इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला विजेता खेलाडीहरु नै छन्। यसअघि न्युजिल्याण्डले घरेलु टोलि इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको थियो। न्युजिल्याण्डले टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेल्ने तालिका रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्