युरोकपमा रोनाल्डोको किर्तिमान
एजेन्सी। हंगेरीविरुद्ध खेल्ने टिमको सुरुवाती–११ मा परेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बनेका छन्। ३६ वर्षीय रोनाल्डोले यसअघिका चार संस्करणको युरोकप खेलिसकेका छन्। रोनाल्डोले पहिलोपटक सन् २००४ को युरोकप खेलेका थिए। उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन्। २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोको उपाधिसमेत उचालेको थियो।
प्रतिक्रिया दिनुहोस्