रोनाल्डो बने युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी एजेन्सी। हंगेरीविरुद्ध दुई गोल गरेसँगै पोर्चुगलका कप्तान क्रीस्टियानो रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन्। ३६ वर्षीय रोनाल्डोले यसै खेलबाट पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्