जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी एजेन्सी। विश्वकप विजेता तथा गत संस्करणको उपविजेता फ्रान्सले युरोकपमा विजयी सुरुवात गरेको छ। समूह एफ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० ले हराएको हो। फ्रान्सको जितमा जर्मनीका म्याट ह्युमल्सले खेलको २० औं मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बन्यो। लुकास हेर्नान्डेजको क्रसलाई नियन्त्रणमा लिने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्