कोपामा आज राती कोलम्बिया र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदै एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती कोलम्बियाले भेनेजुएलाको सामना गर्दैछ। स्टाडियो ओलिम्पिको रंगशालामा हुने खेल नेपाली समयअनुसार राती २ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोली बिहान ब्राजिल र पेरु भिड्दैछन्। ओलम्पिक रंगशाला ब्राजिलमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेबाट सुरु हुनेछ। यसअघिको पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई३–० ले र कोलम्बियाले इक्वेडरलाई१–० ले पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्