युरोकपमा स्वीडेनको पहिलो जीत एजेन्सी। युरोकप फुटबलअन्तर्गत समूह 'इ'मा रहेको स्वीडेनले स्लोभाकीयालाई १-० ले पराजित गरेको छ। रसियाको सेन्ट पिटर्सबर्गस्थित प्रेस्टोभ्सकि रंगशालामा सम्पन्न खेलमा स्वीडेनका इमिल फोर्सबर्गले खेलको ७७ औ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्। प्रतियोगितामा यसअघिको पहिलो खेलमा स्वीडेनले स्पेनसँग गोलरहित बराबरी खेलेका थिए। स्लोभाकीयाले पोल्याण्डलाई १-० ले पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्