क्रोएसीया र चेक रिपब्लिक १-१ को बराबरी
एजेन्सी। युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा क्रोएसीयाले चेक रिपब्लिकसँग १-१ को बराबरी खेल्दै अंक बाडेका छन्। हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा पहिलो अग्रता चेक रिपब्लिकले लिएको थियो। चेकका प्याट्रिक सिकले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। क्रोएसियाका इभान पेरिसिचले खेलको ४७ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्।
प्रतिक्रिया दिनुहोस्