युरोकपमा आज तीन खेल हुँदै
काठमाडौं। युरोकप फुटबलमा आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ। समूह 'एफ' मा रहेको यी दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा राति ९:४५ बजे 'एफ' कै साबिक विजेता पोर्चुगल र जर्मनी भिड्दैछन्। तेस्रो खेलमा राति १२:४५ बजे समूह 'इ'मा रहेको स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस्