रोनाल्डो बने युरोकपको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा पाको खेलाडी एजेन्सी। पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डोले हाल युरोपका विभिन्न ११ सहरहरुमा चलिरहेको युरोकपमा एक नयाँ कीर्तिमान बनाएका छन्। मंगलबार भएको हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले युरोकपको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा पाको खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन्। ३६ वर्ष १३० दिनमा एकै खेलमा दुई गोल गरेका रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीको ३५ वर्ष २५६ दिनको कीर्तिमान तोडेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्