सभापतिमा पौडेलको दाबी, तर उम्मेदवार बन्ने टुंगो छैन काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागेको छैन।आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा रहेका नेता पौडेललाई देउवाइतरको समूहलाई एकत्रित गर्ने चुनौति छ।त्यसैले सभापतिमा दाबी भएपनि उम्मेदवार हुने/नहुने भन्ने टुंगो नभएको पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।"छलफलमा छरिएर रहेका देउवाइतरका शक्तिलाई एक ठाउँमा ल्याउने र एक जनामात्रै उम्मेदवार बन्न सुझाव दिइरहेका छौं",केन्द्रीय सदस्य पाण्डेले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्