हंगेरीमा समर्थकले गरेको व्यवहारमा युईएफएले अनुसन्धान गर्ने
एजेन्सी। युरोपियन फुटबल महासंघ (युईएफए)ले हंगेरी र पोर्चुगलबीचको खेलमा भएको पूर्वाग्रही प्रदर्शनको अनुसन्धान गर्ने भएको छ। बुढापेष्टको पुस्कास एरिनामा सम्पन्न हंगेरी र पोर्चुगलबीचको खेलमा समर्थकले तेस्रो लिङ्गीहरूप्रति पूर्वाग्रह राख्ने ब्यानर प्रदर्शन गरेका थिए। शनिबार फ्रान्सविरुद्धको खेलअघि पनि समर्थकले खेलाडीलाई रंगभेदविरुद्ध घुँडा टेक्ने काम रोक्न आग्रह गरिएको ब्यानर लिएर मैदान कुदेका थिए। फ्रान्सका केही खेलाडीलाई रंगभेदी व्यवहार गरिएको पनि जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्