कीर्तिमानी बोल्टले सार्वजनिक गरे जुम्ल्याहा छोरा काठमाडौं। आठ पटकका ओलम्पिक च्याम्पियन उसेन बोल्टले जिम्ल्याह बच्चा जन्मिएको घोषणा गरेका छन्। बोल्टले ‘फादर्स डे’को अवसरमा इन्स्टाग्राममा पत्नी कासी बेन्नेट र छोरी ओलम्पिया लाइटिङसँगै जुम्ल्याह दुई छोरा थन्डर र सेन्ट लियोको फोटो राखेका छन्। ३४ वर्षे बोल्टको नाममा १०० र २०० मिटर दौडमा विश्व कीर्तिमान छ। ११ पटकको विश्व विजेता बोल्टले लण्डनमा सम्पन्न २०१७को वर्ल्र्ड च्याम्पियनसिपपछि सन्यास लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्