भारत र न्युजिल्यान्ड टेष्टः चौथो दिन पनि ‘वास आउट’ एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण चौथो दिन पनि ‘वास आउट’भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिन एक बल पनि सम्भव भएन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१÷२ को स्थितिमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्