कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित एजेन्सी।कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ।अर्जेन्टिनाले मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गरेको हो।अर्जेन्टिनाको जितमा एलेजेन्ड्रो गोमेजले खेलको १०औं मिनेटमा एन्जेल डी मारियाको पासमा गरेको गोल नै निर्णायक बन्यो।समूह 'बी' को शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले तीन खेलबाट ७ अंक जोडेको छ।दोस्रो स्थानको चिलीको ५ अंक छ भने ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्