विपक्षी गठबन्धनको निष्कर्ष– सरकारले न्यायपालिकालाई धम्क्याउने, निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गर्याे
काठमाडौं। सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र गरेको आरोप विपक्षी गठबन्धनले लगाएको छ। निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गरेको आरोप लगाउँदै आज जारी विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल,माधवकुमार नेपाल,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्