स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया नकआउटमा काठमाडाैं।स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत गएराति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३–१ को जित निकाल्यो। स्कटल्याण्डविरूद्ध महत्त्वपूर्ण जित निकाल्ने क्रममा क्रोएसियाका लागि १७ औं मिनेटमा निकोला भ्लासिक,६२ औं मिनेटमा लुका मोड्रिक र ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गरे।स्कटल्याण्डका लागि ४२ औं मिनेटमा कालम म्याकग्रेगरले एक गोल फर्काए। हारसँगै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्