बुस्केटलाई खेलाउने स्पेनको तयारी एजेन्सी। स्पेनले युरो–२०२० टोलीका सबैभन्दा अनुभवी खेलाडी सर्जियो बुस्केटलाई खेलाउने तयारी गरेको छ। तीन पटकको विजेता स्पेनले आज राती समूहको अन्तिम खेलमा स्लोभाकियाविरुद्ध खेल्दैछ। ३२ वर्षे बुस्केट २०१० मा विश्वकप जित्दाको टिमका एकमात्र खेलाडी हुन्। प्रतियोगिताअघि कोभिड–१९ संक्रमित भएपछि बुस्केटले सुरुको दुई खेल गुमाएका थिए। आइसोलेसनमा बसेका बार्सिलोनाका मिडफिल्डर बुस्केट शुक्रबारबाट टिममा समावेश भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्