संकटमा तीन पटकको विजेता स्पेन, जित्नै पर्ने दबाब एजेन्सी। युरोपियन च्याम्पियनसिपमा तीनपटक च्याम्पियन बनेको स्पेन समूह चरणबाटै बाहिरिनुपर्ने हो कि भन्ने संकटमा छन्। समूह ‘ई’मा पहिलो दुई खेल बराबरीमा रोकिएपछि स्पेन दबाबमा परेको हो। नकआउट चरणमा स्थान बनाउन स्पेनलाई जित्नुको विकल्प छैन। अथवा स्विडेनले पोल्यान्डलाई हराइदिए बराबरी नतिजा पनि स्पेनका लागि फलदायी हुनसक्छ। अन्यथा समूह चरणबाटै बाहिरिनेछ। स्विडेन शीर्ष, स्लोभाकिया दोस्रो, स्पेन तेस्रो र पोल्यान्ड चौथो स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्