विश्व टेष्ट च्याम्पियनसिप : न्युजिल्यान्डलाई जितका लगि १३९ रनको लक्ष्य एजेन्सी। आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले जितका लागि १३९ रनको लक्ष्य पाएको छ।६४/२को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले उक्त लक्ष्य पाएको हो। भारतका रिसब पन्तले सबैभन्दा धेरै४१ रन बनाए। न्युजिल्यान्डका टिम साउथीले चार, ट्रेन्ट बोल्टले तीन र काइल ज्यामिन्सनले दुई विकेट लिए। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्