नेपालका रक्षक विकासको सफल शल्यक्रिया
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको आज घुँडाको सफल शल्यक्रिया गरिएको छ। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगितामा जोर्डनविरुद्ध खेल्दा उनी घाइते भएका थिए। विकासको दायाँ खुट्टामा एसीएल चोट लागेको थियो। जोर्डनविरुद्ध चोट बोकेपछि विकासले ३०औं मिनेटमै मैदान छाडेका थिए। उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको हो।
प्रतिक्रिया दिनुहोस्