लेवनडोवस्कीको पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्