क्लोजको कीर्तिमान तोडे रोनाल्डोले एजेन्सी।युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले मिरोस्लाभ क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका छन्।उनले विश्वकप र युरोकपमा गरी २१ गोल गरे।यसअघि विश्वकप र युरोमा १९ गोल गरेका जर्मन खेलाडी क्लोजको नाममा यो कीर्तिमान थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्