युरोपियन क्लब फुटबलमा हट्यो ‘अवे गोल’को नियम
एजेन्सी। युरोपियन क्लब फुटबल प्रतियोगितामा अब अर्को सिजनदेखि अवे गोलको आधारमा नतिजा निस्कने नियम लागू नहुने भएको छ। युईएफएले १९६५ देखि लागू भएको ‘अवे गोल’ रद्द गर्ने निर्णय गरेको हो। दुईवटा लेगमा बराबर गोल भएमा अवे गोलका आधारमा हार जित टुंगा लाग्थ्यो। तर अब दुई लेगको समग्र नतिजा बराबरीमा टुंगिए दोस्रो लेग अतिरिक्त समयमा जाने भएको छ।
प्रतिक्रिया दिनुहोस्