राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको सेमिफाइनलबाट पूजा श्रेष्ठ र नङ्गशल तामाङ तथा जेसिका गुरुङ र अनु माया राईको जोडी फाइनल पुगेका हुन्।
पूजा र नङ्गशलले नेपालकै नीता लम्साल र सीमा राजवंशीको जोडीलाई २१-१५, २१-१४ ले पराजित गरे। यस्तै जेसिका र अनुको जोडीले पनि नेपालकै सीता राई र सम्झना शर्माको जोडीलाई २१-१५, १५-२१, २१-८ ले पराजित गरे।
पुरुष एकलमा नेपालबाट सेमिफाइनल खेल्ने एक्लो खेलाडी रहेका प्रिन्स दाहाल भने भारतीय खेलाडी स्वर्नराज बोरासँग २१-१७, २१-१३ ले पराजित भए। यस्तै अर्को सेमिफाइनलमा मलेसियाका सेङ जोए योहले भारतीय कार्थिके गुल्सान कुमारलाई २१-१३,२१-१२ ले पराजित गरे।
महिला एकलमा भारतीय मल्भिका बोनसद र गायत्री गोपीचन्द पुलेला प्रवेश गरेका छन्।
पुरुष युगलमा नेपालका दुवै जोडी सेमिफाइनलमा पराजित भए। दीपेश धामी र रत्नजित तामाङ मलेसियाका इज्जात फरहान अजार र जाचरी सिओन सेन सिएको जोडीसँग प्रतिस्पर्धात्मक खेलमा १८-२१, २१-१०, २३-२१ ले पराजित भए। विजित थापा मगर र विकास श्रेष्ठको जोडी भारतीय जोडी रोहन कपुर र सौरभ शर्माको जोडीसँग २१-३, २१-१३ ले पराजित भए।
मिश्रित युगलतर्फ पनि रत्नजित तामाङ र नङ्गशल तामाङको जोडी भारतीय जोडी वेनकाट गौरवप्रसाद र जुही देवानगनको जोडीसँग २१-१७, १८-२१, २१-१२ ले पराजित भए। थाइल्याण्डका बोओन फुथापोन र इन्डोनेसियाका रिरिन अमेलिय पनि मिश्रित युगलको फाइनलमा प्रवेश गरेका छन्।
" /> राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको सेमिफाइनलबाट पूजा श्रेष्ठ र नङ्गशल तामाङ तथा जेसिका गुरुङ र अनु माया राईको जोडी फाइनल पुगेका हुन्।पूजा र नङ्गशलले नेपालकै नीता लम्साल र सीमा राजवंशीको जोडीलाई २१-१५, २१-१४ ले पराजित गरे। यस्तै जेसिका र अनुको जोडीले पनि नेपालकै सीता राई र सम्झना शर्माको जोडीलाई २१-१५, १५-२१, २१-८ ले पराजित गरे।

">