बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्