ब्राजिलका प्रशिक्षक टिटेलाई ५ हजार डलर जरिवाना एजेन्सी।दक्षिण अमेरिकी फुटबल महासंघले कोपा अमेरिका आयोजनाको विरोध गरेको भन्दै ब्राजिलका प्रशिक्षक टिटेलाई पाँच हजार अमेरिकी डलर जरिवाना गरेको छ।टिटेले १२ जुनमा प्रतियोगिता ब्राजिलबाट सार्नुपर्ने बताएका थिए।कोलम्बिया र अर्जेन्टिना पछि हटेपछि दुई हप्ताभन्दा कम समयमा ब्राजिलले आयोजना गर्ने निर्णय गरेको थियो। यसअघि बोलिभियाका खेलाडीलाई पनि कारबाही गरिएको थियो। ब्राजिल फुटबल संघले टिटेको कारबाहीविरुद्ध अपिल गर्न नसक्ने महासंघले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्