‘बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना छ’ एजेन्सी। रक्षक टोबे एल्डरवेराल्डले बेल्जियमसँग युरो–२०२० को उपाधि जित्ने अकल्पनीय चाहना भएको बताएका छन्। समूह ‘बी’ को विजेता बेल्जियमले नकआउट चरणमा अब आइतबार साविक विजेता पोर्चुगलविरुद्ध खेल्दैछ। विश्व नम्बर एक बेल्जियमले अहिलेसम्म ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन। १९८० मा युरोपियन च्याम्पियनसिपमा उपविजेता र २०१८ को विश्वकपमा तेस्रो स्थान नै बेल्जियमको सबभन्दा ठूलो सफलता हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्