जुडोकी सोनियाले पनि टोकियो ओलम्पिक खेल्ने
काठमाडौं। जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन्। नेपाल ओलम्पिक कमिटीले जुडोबाट इन्द्रबहादुर श्रेष्ठ र सोनियालाई वाडल्ड कार्डको लागि सिफारिस गरेकोमा सोनियाले मात्र वाइल्ड कार्ड पाएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले बताए। १३औं सागमा काश्य पदक जितेकी सोनियाले महिला ४८केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। सोनियाले २०१९मा मोरक्कोमा सम्पन्न जुनियर वल्र्ड च्याम्पियनसिपमा एक वाउट जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्