म्याक्सवेलले ‘द हन्ड्रेड’बाट नाम फिर्ता लिए एजेन्सी। अष्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेलले इंग्ल्यान्डको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। प्रतियोगिताका लागि लण्डन स्प्रिटमा अनुबन्धित म्याक्सवेलले प्रतियोगिताबाट नाम फिर्ता लिएको पुष्टि लण्डनका मुख्य प्रशिक्षक शेन वार्नले गरेका हुुन्। म्याक्सवेल प्रतियोगिताबाट नाम फिर्ता लिने चौंथो विदेशी खेलाडी हुन् ।यसअघि अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर, अलराउण्डर मार्कुस स्टोइनिस र दक्षिण अफ्रिकाका कागिसो रबाडा समेतले नाम फिर्ता लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्