ओलम्पिक कमिटीलाई केल्मीको प्रायोजन
काठमाडौं। नेपाल ओलम्पिक कमिटी र नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्झौता भएको छ। सम्झौतापछि टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीका लागि केल्मीले खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउनेछ। सम्झौतापत्रमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे। दुवै पक्षले सम्झौता महत्वपूर्ण थालनी भएको, ओलम्पिक र केल्मीबीच लामोसमय सहकार्य हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्