वेल्सलाई ४–० ले हराउँदै डेनमार्क युरोकपको क्वाटरफाइनलमा काठमाडौं।वेल्समाथि ४–० को जित हात पार्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ। डेनमार्कको जितमा कास्पर डलबर्गले दुई गोल गरे भने जोवाकिम माएल र मार्टिन ब्राथवेटले एक एक गोल गरे। खेलको ९०औं मिनेटमा वेल्समा ह्यारी विल्सले रातो कार्ड पाएपछि अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो। डेनमार्क सन् २००४ पछि पहिलोपटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो। वेल्स गत युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्