अतिरित्त समयको गोलले इटाली युरोकपको क्वाटरफाइनलमा
काठमाडौं। इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा अतिरित्त समयमा गोल गर्दै इटाली अन्तिम ८ मा पुगेको हो। खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। इटालीका लागि ९५ औं मिनेटमा फेडेरिको चिएसा र १०५ औं मिनेटमा माटेओ पेसिनाले गोल गरे भने अस्ट्रियाका लागि सासा कालाज्ड्जिकले ११४ औं मिनेटमा एक गोल फर्काए।
प्रतिक्रिया दिनुहोस्