श्रीलंकाविरुद्धको ट्वान्टी–२० शृंखला इङ्ल्यान्डद्धारा क्लिन स्विप
एजेन्सी। डेबिड मालनको ७६ र जोनी बेएरिस्टोको ५१ रनप्रेरित इङल्यान्डले गएराति तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकालाई ८९ रनले हराउदै तीन खेलको शृंखला इङ्ल्यान्डले क्लिन स्विप गरेको छ। टस हारेर ब्याटिङ थालेको इङ्ल्यान्डले ६ विकेट गुमाएर १८० रन बनायो। १८१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.५ ओभरमा ९१ रन बनाउँदा सबै विकेट गुमायो। श्रीलंकाका विनुरा फर्नान्डोले सबैभन्दा धेरै २० रन बनाए।
प्रतिक्रिया दिनुहोस्