बेल पत्रकार सम्मेलनको बीचमै उठेर हिँडे
एजेन्सी। युरो–२०२०मा डेनमार्कसँग ४–० ले पराजित भएपछि वेल्सको भविष्यबारे प्रश्न गर्दा कप्तान गारेथ बेल पत्रकार सम्मेलनबाट उठेर हिँडे। ३१ वर्षे गारेथ बेलले युरो–२०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने चर्चा थियो। गएराति डेनमार्कविरुद्धको खेलपछि त्यसबारे सोधिएको प्रश्नमा बेलले कुनै प्रतिक्रिया नदिइ उठेका थिए। उनले डेनमार्कसँगको हारबाट आफूहरू निराश भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्