नेदरल्यान्ड्सलाई चेक रिपब्लिकको चुनौती एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ। हंगेरीको पुस्काश एरिनामा हुने खेल नेपाली समयअनुसार राती ९ः४५ बजेबाट सुरु हुँदैछ। यी दुई टोलीबीच हालसम्म ३५ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेदरल्यान्ड्सले १६ खेल जितेको छ भने चेक ११ खेलमा विजयी भएको छ। दुई टोलीबीचको ८ खेल बराबरीमा सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्