ब्राजिलविरुद्ध खेल्नुअघि इक्वेडरका मिडफिल्डर डियाज कोरोना संक्रमित
एजेन्सी। कोपा अमेरिकामा ब्राजिलविरुद्ध खेल्नुअघि इक्वेडरका मिडफिल्डर डामिएन डियाज कोभिड–१९ संक्रमित भएका छन्। इक्वेडरले डियाजको अवस्था ठीक भएको र उनी आइसालेसनमा बसेको जनाएको छ। टिममा बाँकी खेलाडीको नतिजा नेगेटिभ आएको जनाइएको छ। इक्वेडरलाई समूह ‘बी’बाट क्वार्टरफाइनलमा स्थान बनाउन ब्राजिललाई हराउनु पर्ने दबाब छ। अन्यथा पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। हारे पनि पेरुले भेनेजुयलालाई हराइदिए इक्वेडरको सम्भावना हुन्छ।
प्रतिक्रिया दिनुहोस्