दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १६ रनले हरायो
एजेन्सी। दक्षिण अफ्रिकाले गएराति वेष्ट इन्डिजलाई १६ रनले हराउँदै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरी गरेको छ। टेमा बभुमाले ४६ तथा रेजा डेन्ड्रिक्सले ४२ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।
प्रतिक्रिया दिनुहोस्