बेल्जियम मिडफिल्डर डी ब्रुयनाको कुर्कुच्चामा चोट
एजेन्सी। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर केभिन डी ब्रुयनाको कुर्कुच्चामा चोट लागेको बताएका छन्। तर डी ब्रुयनाको चोटका अवस्थाबारे भन्न नसकिने बताएका छन्। पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएपछि प्रशिक्षक मार्टिनेजले भने, ‘‘कुर्कुच्चामा चोट लागेको छ। दोस्रो हाफमा उनी राम्रोसँग फनक्क घुम्न सकेका थिएनन्। अवस्था कति गम्भीर छ भनेर अहिल्यैं भन्न सकिदैन।’’ डी ब्रुयनाले ४८औं मिनेटमा मैदान छाडेका थिए।
प्रतिक्रिया दिनुहोस्