श्रीलंकाका फर्नान्डोले इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला गुमाउने
एजेन्सी। श्रीलंकाका ब्याट्सम्यान अभिस्का फर्नान्डोले चोटका कारण इङ्ल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्। इङ्ल्यान्डविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका क्रममा फिल्डिङ गर्दा फर्नान्डोको पिडौंलामा चोट लागेको हो। चोटकै कारण उनले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट गुमाएका थिए। तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला मंगलबारबाट सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्