खेल सकिँदा मुहारमा मुस्कान हुनुपर्छ– फ्रान्सका प्रशिक्षक डेसच्याम्प एजेन्सी। फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले युरो–२०२०को अन्तिम–१६मा स्विट्जरल्यान्डविरुद्धको खेल सकिँदा मुहारमा जितको खुशी हुनुपर्ने बताएका छन्। २०१८मा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्पले भने, ‘‘उनीहरू संगठित राम्रो टिम हो। आक्रमण पंक्ति पनि राम्रो छ। उनीहरूलाई कमजोर आँक्ने गल्ती गर्नुहुँदैन। यो नकआउट खेल हो। जित्नका लागि सबै रणनीति अपनाउँछौं। खेल सकिँदा मुहारमा हाँसो हुनुपर्छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्