युरोकपको प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल आज एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज राति प्रिक्वटरफाइनलका अन्तिम दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ। लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्