स्वीडेनलाई हराउँदै युक्रेन युरोकपको क्वाटरफाइनलमा काठमाडौं।स्वीडेनलाई २–१ ले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।गएराति भएको खेलमा युक्रेनले अतिरिक्त समयमा स्वीडेनमाथि जित निकालेको हो।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।२७ औं मिनेटमा अलेक्सान्डर जिन्चेन्कोले युक्रेनलाई अग्रता दिलाएका थिए भने ४३ औं मिनेटमा स्वीडेनका एमिल फोर्स्बर्गले बराबरी गोल फर्काए। युक्रेनका लागि अतिरिक्त समयको १२१ औं मिनेटमा अर्तेम डोभ्बेकले विजयी गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्