ट्वान्टी–२० वरीयातामा नेपालका चार खेलाडी, कुशल र ज्ञानेन्द्रको वरियाता सुधार काठमाडौं। आईसिसीको ट्वान्टी–२० क्रिकेट वरीयतामा नेपालका कुशल भुर्तेल एक स्थान माथि उक्लिएका छन्। ब्याटिङतर्फ कुशल ६०औं स्थानमा छन्। यसअघि उनी ६१औं स्थानमा थिए। कुशल बंगलादेशका शकिब अल हसनभन्दा अगाडि छन्। नयाँ वरीयताअनुसार नेपालका चार खेलाडी शीर्ष एक सयभित्र अटाएका छन्। पूर्व कप्तान पारस खड्का ८८, कप्तान ज्ञानेन्द्र मल्ल ९२ र बलिङतर्फ सन्दीप लामिछाने ७६औं स्थानमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्