कोर्टमा कुनै समस्या नभएको विम्बल्डनको दाबी एजेन्सी। विम्बल्डन टेनिस आयोजकले प्रतियोगिताको कोर्ट यसवर्ष पनि पहिलेजस्तै भएको दाबी गरेको छ। खेलाडीले यसअघि कोर्ट धेरै चिप्लो भएको भनी आलोचना गरेका थिए। मंगलबार कोर्टमा लडेर घाइते भएपछि सात पटकको विजेता सेरेना विलियम्स र एड्रिन मन्नारिनोले प्रतियोगिता छाडेका थिए। नोभाक जोकोभिचले पनि कोट चिप्लो भएको बताएका थिए। तर विम्बल्डनले खेलअघि कोर्ट राम्रोसँग अनुगमन गरेको र कुनै समस्या नभएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्