१५ वर्षपछि बिदा भए जर्मनी प्रशिक्षक लोउ एजेन्सी। जर्मनीका प्रशिक्षक वाकिम लोउ १५ वर्षपछि बिदा भएका छन्। १५ वर्ष मुख्य प्रशिक्षक हुँदा लोउले जर्मनीबाट २०१४को विश्वकप, २०१७ को फिफा कन्फेडेरेसन कपको उपाधि जिते। जर्मनी २००८ को युरोपिन च्याम्पियनसिपमा उपविजेता बन्यो। २०१० को विश्वकपमा जर्मनी तेस्रो बन्यो। जारी युरो–२०२० मा गएराती इङ्ल्यान्डसँग पराजित भएसँगै लोउको कार्यकाल सकिएको हो। अब बायर्न पूर्व प्रशिक्षक हान्सी फ्लिकले जर्मनी टिम सम्हाल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्